काठमाडौँ । नेपाली काँग्रेस गोरखाका युवा नेता गकुल पन्त जिल्लाको राजनीतिमा उदाउँदै छन् । लामो समय काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा राजनीति गरेका पन्त अहिले क्षेत्र र जिल्लामा पार्टीको महाधिवेशनमा सक्रिय छन्।
राजनीति पेशा होइन, सेवा हो भन्ने मुल मन्त्र लिएर राजनीतिमा होमिएका पन्त कुशल स्वास्थ्यकर्मी पनि हुन्।
काठमाडौँको एनआर बहुमुखी क्याम्पसमा इकाइ सभापतिहुँदै नेविसंघको माथिल्लो राजनीतिमा पुगेका पन्त अहिले गोरखा क्षेत्र नम्बर १ का पार्टी सह सचिव समेत हुन्।
मृदुभाषी पन्तले २०७२ को महाभूकम्पका बेला, कोभिड–१९ को महामारी, बाढी पहिरो लगायतमा आफ्नो क्षेत्र मात्रै नभएर गृह जिल्लाका अधिकांश ठाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाइहाल्छन् भने पीडितलाई राहत पनि वितरण गर्दै आएका छन् ।
हालैको वडा अधिवेशनमा गोरखाको गण्डकी गाउँपालिका १ बाट क्षेत्रीय प्रतिनिधि छानिएका उनी क्षेत्र वा जिल्लामा जुनसुकै पदमा रहेर पनि काम गर्ने सोचमा छन् तर समय र परिस्थितिको माग अनुसार आफ्नो उमेद्वारी दिने सोचमा छन्।
उनी भन्छन्, “म सेवाको राजनीति गर्ने मान्छे हो। मलाई सबै नेताहरुले सर्पोट र समर्थन गर्नुहुन्छ । सबैको मायाले नै अघि बढ्ने हो । पार्टीलाई बलियो बनाउन युवा नेतृत्व, अग्रजलाई सम्मान र नयाँलाई माया गर्नुपर्छ । समग्रमा पार्टीले जित्ने काम गर्नेछु । पालिका। जिल्ला र देशले नै राम्रो भन्ने काम गरेर देखाउँछु ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
