आज (सोमबार) घट्यो सुनको भाउ

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) सुनको भाउ ओरालो लागेको छ। हिजो आइतबार ६ सय रुपैयाँले बढेको सुन आज तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

More News last news
Loading...