गोरखाका विद्यालयहरु २८ गतेबाट खुल्ने

गोरखा । गोरखा नगरपालिकाका विद्यालयहरु यही भदौ २८ गतेबाट खुल्ने भएका छन् । आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्न पाउने निर्णय गरेको हो।

कोरोनाका कारण विगत पाँच महिनादेखि विद्यालयहरु बन्द छन् । शिक्षा समितिको बैठकअघि शिक्षासँग सम्बन्धित विभिन्न सरोकारवालासँग छलफल भएको थियो।

Advertisement

सहभागीले भौतिक उपस्थिति गराएर विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा नगर शिक्षा समितिले बिद्यालय खोल्ने निर्णय गरेको हो ।

२५० जनासम्म विद्यार्थी भएका विद्यालयले एक सिफ्टमा पठनपाठन संचालन गर्न सक्ने र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयले विद्यालय व्यवस्थापनरसंचालक समितिबाट कार्यविधि स्वीकृत गराइ एक सिफ्टमा चार घण्टाको समयावधि नघट्ने गरी पठनपाठन संचालन गर्न पाउने शिक्षा शाखाले जनाएको छ।

स्वीकृत गरिएको कार्यविधि नगरपालिकामा बुझाउनसमेत भनिएको छ।

More News last news
Loading...