घर फर्किन लागेका नेपाली एयरपोर्टमै बेहोस्, अस्पताल लगेर उपचार गर्दागर्दै निधन

क्वालालम्पुर । घर फर्किन लागेका एक नेपालीको मलेसियामै निधन भएको छ । लम्जुङ स्थायी घर भएका गोबिन्द कुमार थापाको गए राती निधन भएको मलेसियास्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

बिगत २० बर्ष अधि पेनाङ राज्यको निबोङ तब्बलमा कार्यरत रहेका उनी मिति सन् २०२१–०८–२९ तारिख का दिन हिमालयन एयर बाट नेपाल पर्किन लाग्दा एयरपोटमा बिहोस भइ ढलेका थापाको गए राती निधन भएको हो।

Advertisement

एयरपोटमा बिहोस भएका थापालाई सोहि ठाउँमा कार्यरत प्रहरीको सहयोगमा पेनाङ फिर्ता गरिएको थियो।

फिर्ता भए लगत्तै तत्कालै जनउद्वार केन्द्रको सहयोगमा निबोङ तब्बल हस्पिटलमा भर्ना गरिएको र थप उपचारका लागि मिति सन् २०२१–०८–३० तारिखका दिन सो हस्पिटलबाट बियम को जनरल हस्पिटलमा भर्ना गरिएको थियो।

आज हस्पितल सङ्गको कुराकानीमा लगभग आरएम ४ हजार ५ सय भैसकेको डा. इजलिबाट खबर प्राप्त भएको छ।

मृतक अबैधानिक रुपमा काम गर्दै आएका र लामो समय देखि बिरामी परेका उनलाई सुनिल शाक्य र बिराज पुनले समन्वयकारी भुमिका खेल्दै जनउद्धार केद्रसम्म ल्याएका र उद्गार मा सहयोगि भुमिका खेलेका थिए थापा लाई जनउद्धार केन्द्र ले स्वदेश फिर्ता गराउने हदै सम्म्को प्रयास गरेको थियो।

More News last news
Loading...