काठमाडौँ । अहिले लगातार आईपीओ जारी भईरहेकै छैन् । यसैबीच एउटा अर्को धेरै माथी सम्म पुग्ने आईपीओ आउने भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
यसको पूरानो पेईडअप क्यापिटल १७ करोड ५० लाख रुपैयाँ रहेको छ छ । आईपीओ निष्कासनपछि यसको पेईडअप क्यापिटल २६ करोड पुग्ने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जनाएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले इस्यु म्यानेजरको रुपमा एनआईबीएल एसीई क्यापिटललाई नियुक्त गरेको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रति कित्ता १०० का दर आईपीओ निष्काशन गर्ने जनाएको छ । यसको पछिल्लो ईपीएस २८ रुपैयाँ ३३ पैसाँ रहेको छ । त्यसैगरी यसको नेटवर्थ भने १६८ रुपैयाँ ७६ पैँसा रहेको छ । यसको अर्थ हामीले १६८ रुपैयाँको सेयर केबल १०० रुपैयाँमा मात्रै पाउनेछौँ ।
यसको खराब कर्जा केबल १ रुपैयाँ २१ पैँसा रहेको छ । अरु सबै लघुवित्तसँग तुलना गर्दा यसको खराब कर्जा एकदमै कम हो । त्यसैले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्ने सो आईपीओ धेरैमाथी पुग्ने पक्का छ । यत्ति नै पुग्ला भन्न सकिने अवस्था नभए पनि लगानी गरेको पैसाले धेरै राम्रो प्रतिफल दिने पक्का छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यसै बर्षको असारको २४ गते नेपाल धितोपत्र बोर्ड अर्थात सेबनमा वित्तिय बिबरणहरु बुझाएको छ । तपाईलाई पनि थाहा नै होला, लघुवित्तहरुलाई सेवनले धेरै समय आफ्नो पाईपलाईनमा राखिराख्दैन्।
त्यसैले यस लघुवित्तको आईपीओ भदौ अन्त्य सम्ममा आउन सक्छ । त्यसैले यस बारेमा सही समयमा जानकारी पाउन चाहनुहुन्छ भने हामीसँग जोडिराख्नुहोला । समयमै तपाईले जानकारी पाउनु हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
