छिट्टै यी १९ वटा कम्पनीले जारी गर्दै छन् आईपीओ

काठमाडौँ । अहिले कहिले आईपीओ खुल्ला भनेर कुर्ने नेपालीहरु प्रतीक्षा गरिरहेका छन्। यसैक्रममा नेपाली बजारमा १९ वटा कम्पनीको आइपीओ निष्कासन हुँदैछ। नेपालमा पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।

यसको कारण भने सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा (आईपीओ) मा प्राप्त अवसर हो। सरकारले आईपीओ सेयर निष्कासनमा १० कित्ताको प्रावधान ल्याएसँगै लाखौं नेपाली सेयर बजारमा प्रवेश गरेका छन्।

Advertisement

धितोपत्र बोर्डका अनुसार सेयर बजारमा ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयर पाइपलाइनमा रहेको छ। पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दा बढी जलविद्युत कम्पनीहरु रहेका छन् । जलविद्युत कम्पनीपछि माइक्रो फाइनान्स कम्पनी, बीमा कम्पनी र अन्य कम्पनी रहेका छन्।

धितो बोर्डका अनुसार जलविद्युत कम्पनी ११, बीमा कम्पनी २, माइक्रोफाइनान्स कम्पनी ४ र अन्य २ वटा कम्पनी रहेका रहेका छन्। आइपीओ निष्काशन गर्न लागेका १९ वटा कम्पनीमा पनि रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स रहेका छन्।

रिलायबलले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारीमा रहेको छ। त्यस्तै माइक्रोफाइनान्समा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था रहेको छ।

पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दा चर्चामा रहेको कम्पनी डिसहोम समेत रहेको छ। डिसहोम मिडिया नेटवर्कले सर्वसाधारणको लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो कम्पनीको आइपीओ लामो समयदेखि निकै चर्चामा रहेको छ।

आइपीओ निष्काश गर्न लागेका कम्पनीमा सबैभन्दा बढी सयपत्री हाईड्रोपावरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र सबैभन्दा कम ग्रिनभेन्चर कम्पनीले २ करोड ६६ लाख २५ रुपैयाँको २ लाख ६६ हजार २५० कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेका छन्।

यी कमपनीको आइपीओसँगै नेपालको पुँजी बजारमा ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको लगानी थपिने छ ।

More News last news
Loading...