काठमाडौँ । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडमा कार्यरत एक सय ५१ जना कर्मचारीलाई एकैपटक बर्खास्त गरेको छ।
जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई कम्पनीले हटाएको हो। रेल सञ्चालन अनिश्चित बन्दै गएकोले कम्पनीले आर्थिकभार थेग्न नसकिने भन्दै दैनिक ज्यालादारीमा भर्ना गरिएका कर्मचारीलाई हटाएको हो।
तत्कालीन नेपाल रेल्वे कम्पनीका महाप्रन्धक गुरु भट्टराईले आफू हट्नुभन्दा केही समय अघि मात्र हतारहतारमा एक सय ५१ जनालाई कर्मचारीमा भर्ना गरेका थिए।
ती कर्मचारीको कुनै काम नभएको अवस्थामा तलब मात्र दिएर राख्नुपर्ने अवस्था थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले रेल्वेको महाप्रन्धकमा नियुक्त गरेका निरञ्जनकुमार झाले ती कर्मचारीलाई हटाएका हुन्।
महाप्रन्धक झाले जारी गरेको सूचनामा तत्कालीन व्यवस्थापकले दैनिक ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरु काममा नखटाई आफुखुसी हाजिर गर्ने कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले कुनै प्रकारको सेवा सुविधा नदिने उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
