मनाङ । सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रवारदेखि शुरु भएको १४औँ महाधिवेशनको प्रक्रिया अन्तर्गत मनाङ जिल्लाका सबै वडामा सर्वसम्मत र र्निविरोध कार्यसमिति गठन भएका छन्।
नेपाली काँग्रेसले १४ औँ महाअधिवेशन प्रक्रिया शुरु गरेसँगै हिमाल पारीको जिल्ला मनाङमा पनि शुक्रबार जिल्लाका ४ गाउँपालिकाका २८ वटै वडाहरुमा पदाधिकारीको चयन र कार्य समितिगठन प्रक्रिया शुरु भएको थियो । नेपाली काँग्रेस मनाङले शुक्रबार २८ बडाअध्यक्ष, ५६ वडाउपाध्यक्ष, ५६ सचिव, ५६ सहसचि र २४ जना कोषध्यक्ष सहमतीय प्रक्रियाबाट निर्विरोध प्रतिनिधिहरु चयन गरेका छन् ।
त्यसैगरी, सहमतीय प्रक्रियाबाटै क्षेत्रीय प्रतिनिधिहरुको पनि चयन गरेको छ । नेपाली कांग्रेस मनाङले यसअधिनै शंकर गुरुङलाई सर्वसम्मत रुपमा र्निविरोध सभापति चयन गरिसकेको छ ।
वडा स्तरीय निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सभापति पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद र बधाई दिँदै कुशल र सफलकार्यकालको शुभकामना व्यक्त गरे ।
सभापति टेकबहादुर गुरुङले ‘कोविड १९ को महामारी र बाढी पहिरोबाट प्रभावित हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका बमोजिम नै पार्टीले तोकेको समयमा वडा अधिवेशन सम्पन्न गर्न सफल भएको र यसबाट देशभर सकारात्मक सन्देश गएको दाबी गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
