आजदेखि मनकामना केबुलकार सुचारु

भरतपुर । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आजदेखि सञ्चालनमा आउने भएको छ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो। मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो।

Advertisement

उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ।” इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन्।

भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ।

मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए।

More News last news
Loading...