पोखरा । केही दिनयताको अत्यधिक वर्षका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग भत्किएको छ।
पुल भत्केसँगै आजदेखि कास्कीको मालेपाटनसहितका स्थलका साथै तनहुँको सेराबेँसी लगायतका स्थलका सर्वसाधारणको आवतजावत नै बन्द भएको छ ।
नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा वि.सं. २०७४ सालमा एक सय १९ मिटर लामो पुल निर्माण भएको थियो ।
कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गर्दै जाँदा अन्ततः संरक्षणकै अभावमा भत्कने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ।
कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायत स्थानका बासिन्दाका लागि पुल बरदान साबित भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
