नेपालगञ्ज र त्रिभुवन विमानस्थलबाट ४ जना पक्राउ, अचम्मका छन् सुन तस्करी गर्ने आइडिया

काठमाडौँ । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। झापा खादुनावारी–६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ–२ बस्ने वर्ष २८ का बुद्धिमान खातीलाई आज दिउँसो सो परिमाणको सुन सहित प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद रुपमा रहेका उनीहरुलाई प्रहरीको टोलीले सोधपुछ तथा खानतलासी गर्दा उक्त सुन बनामद भएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

Advertisement

उनका अनुसार अमिल लगुन विश्वकर्माले लगाएको दाँयारबाँया जुत्तामा रहेको २–२ बिस्कुट सुन र बुद्धिमान खातीले लगाएको दाँयारबाँया जुत्ताको तलुवामा रहेको १र१ पीस बिस्कुट सुन गरी जम्मा ६ थान बिस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) बरामद भएको उनले बताए ।

यसैगरी खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी १ थान, बाला १ थान र गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद भएको उले बताए।

त्रिभुवन विमानस्थलबाट विष्णु र भूपेन्द्र पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याएको सुन सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ प्रहरीले डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय विष्णु बहादुर शाहीलाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट प्रहरीले ७ सय ७० ग्राम सुन बरामद गरेको हो। फ्लाई दुबईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र रहेको इमरजेन्सी लाइट भित्र सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै प्रहरीले सुन लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भूपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

More News last news
Loading...