काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) सुनको भाउ थोरै उकालो लागेको छ ।
हिजो बिहीबार २ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज सुनको भाउ बढेपनि चाँदीको भाउ ओरालो लागेको छ । आज चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
