काठमाडौँ । पछिल्लो २४ घण्टामा ९१६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १८२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आजपनि कास्कीमा सबैभन्दा धेरै कास्कीका ९३ सहित म्याग्दीमा ३ जना, पर्वतमा १० जना, लमजुङमा ५ जना, तनहुँमा ९ जना, बाग्लुङमा १६ जना, स्याङ्जामा ३४ जना र नवलपुरमा १२ जना गरी प्रदेशका ८ जिल्लामा ८९ पुरुष तथा ९३ जना महिलामा कोरोना पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ९९२ पुगेको छ। पछिल्लो २४ घण्टामा २६९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ५७९ पुगेको छ।
गण्डकीमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०१ पुगेको छ।
यस्तै, आज देशभर २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६५८ जनाको पीसीआर परीक्षणमा १ हजार ६१९ र ३ हजार ९९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८५ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
