प्रदेश-२ मा एमालेभन्दा माधव नेपालको पार्टी ठूलो, ११ जना सांसदले गरे सनाखत

काठमाडौँ । प्रदेश-२ मा नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा ११ जना सांसदले सनाखत गरेका छन् ।

एमाले विभाजनपछि एमालेबाट प्रदेश सभामा एमालेबाट निर्वाचित ११ जना सांसदले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका छन् ।

Advertisement

प्रदेश सभा संसदीय दलका नेता शत्रुधन महतोलगायत ११ जना सांसदहरु एकीकृत समाजवादीमा लागेपछि २१ सांसद रहेका एमालेमा अब १० जनामात्र रहेका छन् ।

प्रदेश सभामा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी केपी शर्मा ओली नेतृत्वको एमालेभन्दा ठूलो दल बनेको छ ।

सनाखत गर्ने सांसदहरु

१ शत्रुधन महतो
२ अशोक यादव
३ प्रमोद यादव
४ मदनसेन श्रीवास्तव
५ नागेन्द्र यादव
६ गोविन्द न्यौपाने
७ रवीन्द्र बैठा
८ मञ्जु यादव
९ हसिना खातुन
१० बेची लुङ्गेली
११ दिल्ली उप्रेती

More News last news
Loading...