आज (बिहीबार) झन् घट्यो सुनको भाउ, चाँदीको मूल्य बढ्यो

काठमाडौँ । साताको पाँचौँं दिन अर्थात बिहीबार (आज) पनि नेपाली बजारमा सुनको झन् ओरालो लागेको छ ।

हिजो बुधबार २ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार ९१ हजार रुपैयाँमा बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने उकालो लागेको छ। आज चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बुधबार १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।

समग्रमा यो साता अमेरिकी डलरसहित प्राय देशका मुद्राको भाउ घटेसँगै सुनको मूल्यमा पनि गिरावट आएको हो ।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

More News last news
Loading...