पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९९७ जनाको नमुना परीक्षण गरिएकोमा थप २३५ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ।
आज गण्डकी प्रदेशका जिल्लाहरु मध्ये सबैभन्दा धेरै कास्कीमा १४७ सहित म्याग्दीमा २ जना, पर्वतमा २ जना, लमजुङमा २५ जना, तनहुँमा १३ जना, बाग्लुङमा २ जना, स्याङ्जामा २८ जना र नवलपुरमा १६ जना गरी प्रदेशका ८ जिल्लामा १२२ पुरुष तथा ११३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार ८१० पुगेको छ। पछिल्लो २४ घण्टामा २८८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७७ हजार ३१० पुगेको छ ।
गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३०० पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
