काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार (आज) नेपाली बजारमा सुनको भाउ अझै ओरालो लागेको छ ।
हिजो मंगलबार ४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी मंगलबार १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।
समग्रमा यो साता सुनको भाउ ओरालो लागिरहेको छ ।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
