आज गण्डकीमा कति थपिए संक्रमित ? पोखरामात्रै ६ को ज्यान गयो

पोखरा । गण्डकी प्रदेशमा आज पछिल्लो २४ घण्टामा ९६२ जनाको नमुना परीक्षण गरिएकोमा थप २३० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज कास्कीमा सबैभन्दा धेरै ५३ सहित म्याग्दीका २० जना, पर्वतका १७ जना, गोरखाका १३ जना, लमजुङका १६ जना, तनहुँका ११ जना, बाग्लुङका २१ जना, स्याङ्जाका ४१ जना र नवलपुरका ३८ जना गरी प्रदेशका ९ जिल्लामा गरी ११५ पुरुष तथा ११५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

Advertisement

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८१ हजार १०८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५०४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७६ हजार ४०० पुगेको छ ।

गण्डकीमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २९० पुगेको छ।

कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ८३ वर्षीय पुरुष, पोखरा १ की ६५ वर्षीया महिला र तनहुँको व्यास ११ की ६४ वर्षीया महिलाको आइतबार मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिष्ठानमा शनिबार पोखरा १५ का ५० वर्षीय पुरुष र तनहुँको भिमाद २ की ८० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

निर्देशनालयका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत तनहुँको व्यास १ की ५५ वर्षीया महिलाको आइतबार उपचार कै क्रममा ज्यान गएको छ।

More News last news
Loading...