काठमाडौँ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो अवैध लागुऔषध कोकिन कारोबारमा संलग्न गिरोहसम्म पुग्न सफल भएको छ।
प्रहरीले ९ करोड मूल्य बराबरको झण्डै ३ किलो कोकिन बरामद गरेको हो भने त्यसमा संलग्न ३ विदेशी नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ परेका एकजना भारतीय नागरिक हुन् भने अर्का एकजना अफ्रिकन र अर्का एक तान्जानियाका नागरिक हुन्।
अफ्रिकन र तान्जानि महिला हुन् भने भारतीय अभियुक्त पुरुष हुन्। तान्जानियाकी महिला भारततर्फ भाग्दाभाग्दै सिन्धुलीबाट पक्राउ परेकी हुन्।
यसरी पक्राउ परे अभियुक्त
ब्यूरोका अनुसार गत भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिन लिएर नेपाल आएकी थिइन्। उनीबारे प्रहरीले थप खुलाइसकेको छैन।
उनले त्यति ठूलो परिमाणको लागूऔषध कसरी विमानस्थलबाट छिराउन सफल भइन् भन्नेबारे पनि बताइएको छ। तर उनलाई विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले कमलादीस्थित एक होटलबाट पक्राउ गरेको उल्लेख गरिएको छ।
यस्तै कारोबारमा संलग्न भारतको बैंकलोरका विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटै पक्राउ गरिएको थियो। उनी गामासँग कोकिन लिनका लागि आएको खुल्न आएको प्रहरीको भनाइ छ।
यस्तै उक्त कारोबारमा संलग्न तान्जानियाको नागरिक गेरट्रुड लियोनार्ड किमारो भने भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ परेको ब्युरोले जनाएको छ।
सो कोकिनको मूल्य ९ करोड मूल्य बराबरको रहेको र संलग्न व्यक्तिउपर १५ देखि जन्म कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
