चापाकोट नगरपालिकाद्वारा हेमोलाईटिड एनेमिया रोगबाट पीडित महिलालाई तीन लाख सहयोग

स्याङ्जा । स्याङ्गजाको चापाकोट नगरपालिकाले हेमोलाईटिड एनेमिया रोगबाट पीडित महिलालाई आर्थिक सहयोग गरेको छ।

स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका वडा नं २ निवासी पिताम्वर रानाको छोरी वर्ष ३७ बर्षीय सरस्वती रानालाई चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले उपचारका लागि तीन लाख ३ लाख सहयोग गरेका हुन्।

Advertisement

उनी विगत लामो समय देखी हेमोलाईटिड एनेमिया रोगबाट ग्रसित थिईन्।

उनको आर्थिक अवस्था कमजोर भएकोले नगरपालिकाले सहयोग गरेको जानकारी गराउँदैं उनको वोनम्यारो प्रत्यारोपणका लागि अझ धेरै रकम आवश्यक पर्ने भन्दैं सहयोगका लागि नगरपालिकाले अपिल समेत गरेको छ।

उनलाई सहयोग गर्न चाहानुहुनेले नेपाल वैंक लिमिटेड शाखा कार्यालय चापाकोटमा रहेको निज सरस्वती रानाको खाता नं १९००१७०६३२७२१८०००००१ मा जम्मा गरिदिन सक्नुहुने छ।

More News last news
Loading...