काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानबाट ७ जना मृत अवस्थामा फेला परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित सञ्जय शाहको कवाडी कारखानामा काम गरी बस्ने बारा इनरुवा घर भएका ४७ वर्षीय शेशमुखी आलम मृत फेला परेका छन्। उनी सुतेको ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी कीर्तिपुर नगरपालिका–१० स्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष पनि शुक्रबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी ललितपुरको बागमती गाउँपालिका–७ गिम्दी सुभाने खोलाको बीचको ढुँगामा सोही ठाउँ बस्ने २८ वर्षीया अञ्जु सिङताङ शुक्रबार राति मृत अवस्थामा फेला परेकी छन्।
यसैगरी पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबास बस्ने ५८ वर्षीय खड्ग सिंह बिक सोही ठाउँस्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। तनहुँ, ब्यास नगरपालिका–३ दुर्गा मन्दिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
उता बर्दियाको बारबर्दिया नगरपालिका-९ खल्ला कतर्निया बस्ने ६० वर्षीय दल बहादुर बिक आफ्नै घर अगाडिको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शुक्लाफाँट राष्ट्रिय निकुञ्जभित्र सोही नगरपालिका बस्ने ४० वर्षीय चेतराम राना शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
