भीम आचार्यको सरकार २ दिनमै संकटमा, प्रदेशका १० सांसद्ले पार्टी छोडे

विराटनगर । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका भीम आचार्य नेतृत्वको प्रदेश एक सरकार दुई दिनपछि नै संकटमा परेको छ ।

शनिवार प्रदेश १ का १० सांसदहरूले एमाले त्यागेर माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी रोज्ने निर्णय गरेपछि मुख्यमन्त्री आचार्यको सरकार राजनीतिक संकटमा पर्ने देखिएको हो ।

Advertisement

शनिबार विराटनगरको एक होटेलमा छलफल गरी १० सांसदहरूले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी गरेका छन् ।

एकीकृत समाजवादी रोज्ने १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् । उनीहरुले निर्वाचन आयोगमा मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेका हुन् ।

सोमबार बिदा भएकाले मंगलबार निर्वाचन आयोगमा सनाखत गर्ने तयारी थालेको समाजवादीका नेता राजेन्द्रकुमार राईले जानकारी दिए। उनले एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पु-याउने दाबी गरेका छन् ।

माधव नेपालको साथ छोडेर एमालेमै रहनुभएका भीम आचार्य नेतृत्वको सरकार ढल्ने निष्कर्ष निकाल्दै एक महिनाभित्र गठबन्धनको सरकार बनाउने तयारीका बारे समेत बैठकमा छलफल भएको एक नेताले बताए ।

अहिले बनेको सरकार संविधानविपरीत रहेको बताउँदै दल विभाजन भएर अर्को दल बनिसकेको सांसदहरूको अवस्था क्लियर हुनै बाँकी रहेको अवस्थामा अर्को पक्षका सांसदको समेत टाउको गनेर हतारमा बनाएको सरकार आफूहरुलाई मान्य नहुने उनको भनाइ छ ।

More News last news
Loading...