पोखरा । स्याङ्जा जिल्लामा भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
कोरोना संक्रमण नियन्त्रण गर्न वैशाख २१ गतदेखि जारी निषेधाज्ञा पुनः १५ दिनका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। खुकुलो पार्दै निषेधाज्ञा थपिए पनि संक्रमणको जोखिम पुनः बढेको छ ।
जिल्लामा हाल कोभिड– १९ को नयाँ भेरियन्ट बालबालिकाहरूमा समेत देखा परेकोले क्याम्पस, विद्यालयलगायतका सबै प्रकारका शैक्षिक संस्थाहरू बन्द गरिएको छ।
विद्यार्थीको पढाइ भौतिक रुपमा उपस्थित नभएर अनलाइनको माध्यमबाट सञ्चालन गर्न प्रशासनद्वारा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ।
हिजो (बुधबार) मात्रै स्याङ्जामा १३० जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा कोभिड पोजेटिभ देखिएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
