भारतमा भन्दा अमेरिकामा दोब्बर बढी संक्रमण र मृत्युदर, कुन देशमा कति ?

काठमाडौँ । भारतमा थप ४६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ५७ हजार ७६७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ४० हजार ३२५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ६०८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ३९६ पुगेको छ ।

Advertisement

यस्तै, हिजो सबैभन्दा धेरै अमेरिकामा १ लाख ६९ हजार ८४७ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्ये १ हजार २७५ जनाको ज्यान गएको छ । यो भारतको तुलनामा दैनिक संक्रमण दर र मृत्युदर दुवै दोब्बर बढी हो ।

पछिल्लो २४ घण्टामा विश्वभर ७ लाभ १२ हजार ९७६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ११ हजार १०३ जनाको ज्यान गएको छ । संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ५ लाख ८२ हजार १४२ जना बिरामी कोरोना जितेर घर फर्किएका छन् ।

नेपालमा २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ७११ जनाको पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२० जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये ४४ जना संक्रमितको ज्यान गएको छ ।

यस्तो छ अन्य मूख्य १० देशको तालिका

 

More News last news
Loading...