पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६७६ जनाको नमुना परीक्षण गरिएकोमा थप ४९६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीमा सबैभन्दा धेरै १९८ सहित मुस्ताङमा १६ जना, मनाङमा १६ जना, म्याग्दीमा ८ जना, पर्वतमा २५ जना, गोरखामा २१ जना, लमजुङमा ४ जना, तनहुँमा २९ जना, बाग्लुङमा ५९ जना, स्याङ्जामा २८ जना र नवलपुरमा ९२ जना गरी प्रदेशमा सबै जिल्लामा गरी २४४ पुरुष तथा २५२ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ८९६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३८० जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २३९ पुगेको छ ।
गण्डकीमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।
कास्कीमा भदौ १८ गतेसम्म निषेधाज्ञा थप
कास्कीमा सार्वजनिक तथा निजी यातायातमा लागू गरिएको जोर बिजोर प्रणाली कायम गर्दै भदौ १८ सम्म निषेधाज्ञा थपिएको छ। बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।
स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले सार्वजनिक यातायात सुचारु गर्न पाउनेछन् । संक्रमित बढेको भन्दै भदौ ४ गतेदेखि यातायातमा जोर बिजोर प्रणाली लागू भएको थियो।
वैशाख १५ देखि कास्कीमा निषेधाज्ञा जारी छ । कास्कीमा बुधबारबारसम्म १ हजार ९१२ कोरोनाका सक्रिय संक्रमित छन् भने ५४२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कास्कीमा ७ संक्रमितले ज्यान गुमाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
