तेह्रथुम पावरको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज बुधबार भदौ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि ४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गरिसकेको छ। हाल दोस्रो चरणमा बिक्रीमा ल्याएको आइपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Advertisement

कम्पनीले बिक्रीमा ल्यएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म म्याद थप हुने बिक्री एनआईविएल एस क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

More News last news
Loading...