आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) पनि नेपाली बजारमा सुनको भाउ केही बढेको छ।

सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला ११ सय ९० रुपैयाँ कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड-१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ। सुनको भाउमा केही घटबढ भएपनि बजारमा भने किनबेच हुन छाडेको महासंघले जनाएको छ।

More News last news
Loading...