काठमाडौँ । सेती प्रादेशिक अस्पतालको श्ययामा लम्पसार छिन् सावित्री। बोल्नसुन्न नसक्ने उनी मान्छे समेत चिन्न सक्दैनिन्। बेहोस अवस्थामा रहेकी उनी विगत २० दिनदेखि मृत्युसँग लडिरहेकी छिन्।
सावित्रीको यस्तो हालत कसरी भयो त ? उक्त कुरा जान्न गत साउन १५ गते फर्कनुपर्छ। साउन १५ गते शुक्रबार सवित्री, उनका आमाबुवा र दिदीभाई चिसापानी घुम्न भनेर धनगढीबाट निस्केका थिए।
डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका सावित्रीका बुवा चन्द्रप्रकाश जोशी र आमा रुवीसँगै परिवारका पाँचै जना दिउँसो आफ्नो बा११च ९३८ नम्बरको जीपमा निस्केका थिए।
जीप चिसापानीदेखि सोल्टा जाने सडकतर्फ लागेको थियो। तर उक्त जीप त्यहिबाट कर्णालीमा खस्यो। एक दशकअघि मसलाको व्यापार गर्ने सिलसिलामा डडेल्धुराबाट डोटीको आदर्श गाउँपालिका पुगेका जोशी उतै घरजम गरी बसेका थिए।
उनकी जेठी श्रीमतीबाट २ छोरा छन्। उनीहरु डडेल्धुराको बगरकोटमै बस्छन्। सडकबाट झण्डै ३ सय मिटर तल नदीमा खसेको जीप टुक्राटुक्रा भयो। भाग्यवस जीपमा सवार तिनै जना दिदीभाई भिरमै खसे। चन्द्रप्रकाश र रुवी भने जीपका पाठपूर्जासँगै कर्णालीको भेलमा बगे।
चिकित्सकका अनुसार सावित्रीको दिमाग र मुटमा चोट लागेको छ। चिकित्सकलाई उद्धृत गर्दै सावित्रीका काका अर्जुन जोशी भन्छन्, ‘डाक्टरले केही भन्न सकेका छैनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
