पोखरा । पोखराको महेन्द्रपुल बजारको सडक भासिएको छ। शनिबार साँझदेखि परिरहेको पानीका कारण महेन्द्रपुल बजारको सडक भासिएको हो । पोखराका ढल प्रणालीले आकाशे पानीको भल थेग्न नसकेपछि सडकमै खोलो बग्ने गरेको छ ।
सडक भासिएको देखेपछि प्रत्यक्षदर्शीले पोखरा महानगर र जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।
सडक भासिएको ठाउँमा एउटा विजुलीको पोल परेको छ। पोल गाडिएकै ठाउँमा सडक भासिएको हो। दुर्घटना हुन नदिन प्रहरीले शनिबार राती नै भासिएको खाडल पुरेको छ।
प्रहरी, महानगरको टोली र विद्युत प्राधिकरण पोखरा मिलेर खाडल पुरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
महेन्द्रपुलमा बगेर आउने आकाशे पानीको भल पनि प्रहरी टोलीले गएराति नै तर्काइएको छ। तर राती भासिएको खाल्डो पुरिए पनि बिहानसम्म भासिएको ठाउँ बढ्दै गएको स्थानीयले बताएका छन्।
उनीहरुका अनुसार सडक भासिएर फुटपाथतिर पनि बढ्दै गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
