पोखरा । गण्डकी प्रदेशमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ३८ जनामा गरिएको नमूना परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १५३ महिला र १५० जना पुरुष रहेका छन् ।
प्रदेशका ८ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएका छन् ।
आज कास्कीमा ११० बागलुङ १९, स्याङ्जा ३६, म्याग्दी ७, पर्वत ७,गोरखा ४८, लमजुङ ४ तनहुँमा ३५ र नवलपुरमा २५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८ हजार १५० पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा– ८का ६३ बर्षिय पुरुष, पोखरा–१७ का ८१ बर्षिय पुरुष पर्वत मोदी–८की ७३ बर्षिय महिला, नवलपरासी पूर्व, देवचुली–११ का ३६ बर्षिय पुरुष र गैडाकोट–५ का ७६ बर्षिय पुरुषको मृत्यु भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२६ जना पुगेको छ।
गण्डकी प्रदेशमा हालसम्म ७१ हजार ३२० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा शुक्रबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५७७ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
