आज घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ।

बिहीबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला ११ सय ८० रुपैयाँ कारोबार भएको थियो।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।

More News last news
Loading...