काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमण हुने दर भन्दा कोरोना निको हुनेको दर बढी हुन थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ८१९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ७९७ जनामा संक्रमण भएको छ। पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख २० हजार ८९८ पुगेको छ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७१ हजार ६७१ जना संक्रिय संक्रमित छन्।
यस्तै त्यहाँ एकैदिन ५११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ६३ पुगेको छ।
यस्तैगरी, भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ८१९ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै कोनोना जित्नेको संख्या ३ करोड १५ लाख १६ हजार २२४ पुगेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
