गण्डकी प्रदेशका कुन जिल्लामा आज कति संक्रमित थपिए ?

पोखरा । पछिल्लो २४ घण्टामा १ हजार २६८ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५४५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।

कास्कीका २६९ सहित म्याग्दीका १२ जना, पर्वतका २ जना, गोरखाका ५४ जना, लमजुङका १८ जना, तनहुँका ५६ जना, बाग्लुङका २४ जना, स्याङ्जाका ६७ जना र नवलपुरका ४३ जना गरी प्रदेशका ९ जिल्लामा २६६ पुरुष तथा २७९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

Advertisement

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७६ हजार ८८७ पुगेको छ। पछिल्लो २४ घण्टामा ६८८ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६९ हजार ६६० पुगेको छ ।

गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार २०६ पुगेको छ।

हिजो सोमबार गण्डकीमा १ हजार ३३९ जनाको नमुना परीक्षण गरिएकोमा थप ६५६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

More News last news
Loading...