पोखरा । पोखरामा जुवा खेलिरहेको ठाउँबाट महिलासहित १३ जना पक्राउ परेका छन्।
पोखराको उत्तम चोकमा जुवातास खेलिरहेका अवस्थामा खालबाट ७ जना महिलासहित १३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका १० उत्तम चोकमा भाडामा बस्दै आएकी सरु गुरुङले घर भाडामा लिएर तास खेलाइरहेको अवस्थामा १३ जनालाई साढे ३ लाख रुपैया नगदसहित वडा प्रहरी कार्यालय राम बजारको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्ने मध्ये ७ जना महिला रहेका छन् भने, ६ जना पुरुष रहेका छन् । उनीहरुका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय राम बजारले जनाएको छ।
बुधबार पनि प्रहरीले पोखराको फूलबारीबाट ६ जुवाडेलाई पक्राउ गरेको थियो। तीन साताअघि कास्कीमा नयाँ प्रहरी प्रमुख आएसँगै जुवातास र लागूऔषध दुर्व्यवसनी विरुद्ध निगरानी बढाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
