आज पनि बढ्यो अमेरिकी डलरसहित केही देशको मुद्राको भाउ, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

काठमाडौँ । आज बिहीबार पनि नेपाली बजारमा अमेरिकी डलरसहित प्रायः सबै देशको विनिमयदर बढेको छ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ।

Advertisement

यूरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा बिक्रीदर ३१ रुपैयाँ ८४ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ६३ पैसा तथा बिक्रीदर ३९६ रुपैयाँ ६३ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ७० पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ?

More News last news
Loading...