फक्सवागन पोलो ७ नेपालमा उपलब्ध, यस्तो छ सबै गाडीको मूल्य

काठमाडौँ । प्रिमियम ब्रान्डका रुपमा विश्वभर परिचित ब्रान्ड हो फक्सवागन । यो ब्रान्ड औपचारिक रुपमा नेपाल भित्रिएको १२ बर्ष पुरा भैसकेको छ। नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले सन् १९०९ मा यसलाई नेपाल भित्र्याएको हो।

फक्सवागन नेपाल भित्रिएपछि प्रिमियम ब्रान्ड प्रयोग गर्न चाहने उपभोक्ताका लागि एक उत्तम विकल्प बनिरहेको छ । सुरुवाती समयमा युरोपबाट महंगा एसयूभी र सेडान कार भित्र्याएको कम्पनीले पछिल्लो समय भारतीय बजारमा उत्पादन हुने साना र कम मूल्यका कारको समेत बिक्री गर्दै आइरहेको छ । फक्सवागनको हाल बजारमा उपलब्ध सबैभन्दा सस्तो कार पोलो हो ।

Advertisement

ह्याचब्याक सेग्मेन्टको यो कार भिन्न ७ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ३० लाख ९० हजारदेखि ४७ लाख ४० हजार रुपैयाँसम्म पर्छ । १ हजार सीसी क्षमताको यो कार एमपीआई र टीएसआई गरी २ इन्जिन अप्सनमा उपलब्ध छ । जसमध्ये टीएसआई इन्जिनमा ४ भेरिएन्ट र एमपीआई इन्जिनमा ३ भेरिएन्ट उपलब्ध छ ।

नेपाली बजारमा सबैभन्दा कम मूल्यको पोलो ट्रेन्डलाइन प्लसको मूल्य ३० लाख ९० हजार कायम गरिएको छ । त्यसैगरी पोलो कम्फर्टलाइनको ३४ लाख ४० हजार, कम्फर्टलाइन टीएसआइको ३६ लाख ९० हजार, हाइलाइन प्लसको ३९ लाख ९० हजार र हाइलाइन प्लस टीएसआईको ४० लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

यसैको अटोमेटिक भेरिएन्टको मूल्य ४५ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ । सबैभन्दा महंगो पोलो जीटी हाइलाइन टीएसआई अटोमेटिकको मूल्य भने ४७ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

More News last news
Loading...