काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । सरकारले साउन १९ गते सोधेको स्पष्टीकरणको जवाफ नदिएका भट्टराईले आज बुधवार राजीनामा दिएका हुन् ।
भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा इमानदारिताका साथ काम नगरि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी दिएको आरोप लगाइएको थियो।
भट्टराईले राजीनामा पत्रमा वर्तमान सरकारले जनविरोधी काम गर्ने आरोप लगाउँदै आफू त्यस्ता कामको सहयात्री र मुकदर्शक नहुने बताए ।
राजीनामा पत्रमा पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुण्ठित गर्ने ढङ्गले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उल्लेख छ।
भट्टराईलाई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
