पोखरा । पोखराका अस्पतालहरुमा उपचाररत ७ जना र भरतपुर अस्पताल चितवनमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको छ।
कास्कीको पोखरा १८ का ३७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । उनलाई साउन १८ गते संक्रमण पुष्टि भएको थियो।
पोखरा १७ का ८२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । उनलाई साउन २५ गते संक्रमण पुष्टि भएको थियो ।
कास्कीको अन्नपूर्ण १ का ५७ वर्षीय पुरुषको फेवा सिटी अस्पताल पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । उनलाई साउन १२ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरा १५ का ३६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । उनलाई साउन १३ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरा १३ का ३३ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । उनलाई साउन २० गते संक्रमण पुष्टि भएको थियो ।
लमजुङको मध्यनेपाल नगरपालिका ४ की ७३ वर्षीया महिलाको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । उनलाई साउन १६ गते संक्रमण पुष्टि भएको थियो।
म्याग्दीको धौलागिरी ३ का ९१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मगलबार मृत्यु भएको छ। उनलाई साउन २५ गते संक्रमण पुष्टि भएको थियो।
नवलपुरको कावासोती नगरपालिका ३ की ८४ वर्षीया महिलाकोे भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा साउन २० गते मृत्यु भएको छ । उनलाई साउन १९ गते संक्रमण पुष्टि भएको थियो।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १४९ पुगेको निर्देशनालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
