एभरेष्ट प्रिमियर लिग (इपीएल) को ट्रफ्री सार्वजनिक

काठमाडौँ । हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्ने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफीसार्वजनिक गरिएको छ।

एभरेष्ट प्रिमियर लिग (इपीएल) ले काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेको हो।

Advertisement

इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे।

सोही कार्यक्रममा निर्देशक अख्तर र अध्यक्ष गोल्छाले मुख्य प्रयोजनका लागि सम्झौता पनि गरे। दवैले सम्झौतापत्र एक आपसमा साटेर टी–२० क्रिकेटमा जोडिएको बताए।

असोजमा हुने फ्रेन्चाइज प्रतियोगितामा अब बजाज पल्सरले मुख्य प्रायोजन गर्ने छ। कम्पनीका निर्देक एवम् नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष गोल्छाले खेलकुदमा जोडिन पाउँदा खुसी लागेको बताए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता १४ दिनसम्म चल्ने छ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन्।

More News last news
Loading...