काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) पनि नेपाली बजारमा सुनको भाउ केही घटेको छ।
सोमबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
