प्रभु लाईफ र मेडी प्लस अस्पतालबीच स्वास्थ्य सम्झौता

काठमाडौँ । प्रभु लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि पोखरामा रहेको मेडी प्लस अस्पताल एण्ड ट्रमा सेन्टरसँग सम्झौता भएको छ ।

जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडी प्लस अस्पतालले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन प्रभु लाईफ इन्स्योरेन्सले गर्ने छ ।

Advertisement

हिजो (सोमबार) अस्पतालको कार्यकक्षमा अस्पतालका तर्फबाट डा. निरज रजित, सिए विक्रम पराजुली, डा. सरोज पोखरेल, डा. आन्नद भट्टराई, रमेशकुमार थापा, मेनेजर दिवस कुँवर र प्रभू लाइफ इन्सुरेन्सका गण्डकी प्रदेश प्रमुख दुर्गानाथ पहाडी तथा दमौली शाखा प्रमुख प्रेम नारायण अर्यालबीच सम्भौता भएको हो।

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले केही प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका ग्राहकहरु र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्ने सम्झौता भएको हो।

More News last news
Loading...