काठमाडौँ । वैज्ञानिकहरुले अन्ततः पानीबाट सुन बनाउने पहिलो सफलता प्राप्त गरेका छन्। वैज्ञानिकहरुले पानीबाटै पहिलोपटक सुन बनाउन सफल भएका हुन्।
चेक गणतन्त्रको राजधानी प्रागस्थित चेक एकेडेमी अफ साइन्सेसका भौतिक रसायनविद्ले क्षारीय धातुको सहयोगमा यसरी पानीलाई सुनौलो चम्किलो धातुमा बदले।
क्षारीय धातु भनेको सोडियम पोटासियम जस्ता प्रतिक्रियाशील तत्वहरुको समूह हो। पानीको सम्पर्कमा आउँदा यस्ता क्षारीय धातु विस्फोटक बन्दछन्। त्यसैले यस्तो प्रयोग तयार गरियो जसबाट यस्ता क्षारीय धातु र पानीबीचको प्रतिक्रिया सुस्त भएर विस्फोट नहोस्।
त्यसक्रममा एक सिरिन्जमा पोटासियम र सोडिएम भरियो, जुन सामान्य तापक्रममा तरल हुन्छ। त्यसलाई भ्याकुम च्याम्बरमा राखियो।
एक सिरिन्जको माध्यमबाट शोधकर्ताहरुले मिश्रणको हरेक थोपामा पानीको वाफ मिलाए। जसमा एक माइक्रोमिटरको पनि दशौँ हिस्सा बराबरको निकै पातलो पत्र तयार भयो। उक्त पत्रमा इलेक्ट्रोन तिव्र रुपमा धातुजन्य आयनसँग पानीमा घुल्यो।
केही सेकेण्डमै उक्त पत्र सुनजस्तै चम्किलो धातुको फोकामा परिणत भयो। यद्यपि पानीबाट सुन बनेको त्यो दृश्य केही सेकेण्डका लागि मात्र रह्यो । तथापि यसलाई शोधकर्ताहरुले ठूलो उपलब्ध मानेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
