नेपालमा आज थप २ हजार ५४८ जनामा कोरोना संक्रमण, ५५ को ज्यान गयो

काठमाडौं । नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजा ३३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै आज कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गएको छ। हिजो ३३ जना संक्रमितको ज्यान गएको थियो ।

सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।

More News last news
Loading...