क्रसफायरका दुई मोटरसाइकलको मूल्य बढ्यो, कुन बाइकको कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल मध्ये क्रसफायरका दुई मोडल आरएम २५० र एचजे २५० को मूल्य वृद्धि भएको छ।

नेपालका लागि क्रसफायर मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इमपोर्टले यी दुई मोटरसाइकलको मूल्यमा क्रमश: ३५ हजार र १० हजार रुपैयाँले वृद्धि भएको जानकारी दिएको छ।

Advertisement

अब आरएम २५० को मूल्य ७ लाख २५ हजार र एचजे २५० को मूल्य ६ लाख ५५ हजार रुपैयाँ पुगेको छ। यो भन्दा पहिले यी दुई मोटरसाइकलको मूल्य क्रमशः ६ लाख ९५ हजार र ६ लाख ४५ हजार रुपैयाँ थियो। नयाँ मूल्य आजै देखि लागू हुनेछ।

कम्पनीले गत साता नै यी दुई मोटरसाइकलको मूल्य वृद्धि हुने अग्रिम जानकारी दिइसकेको थियो। डर्ट बाइक सेग्मेन्टमा राम्रो प्रभाव पार्न सफल क्रसफायरका हाल आरएम, एचजे र जीआर७ गरी ३ वटा मोडल उपलब्ध छन्।

जसमध्ये जीआरको भने पुरानै मूल्य कायम गरिनेछ। यो बाइकको मूल्य हाल ५ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

More News last news
Loading...