होन्डाले चीनमा अफोर्डेबल इलेक्ट्रिक स्कुटर यु–गो लन्च गरेको छ। कम्पनीले सो इलेक्ट्रिक स्कुटर चाइनिज आर्म उयाङ प्लेटफर्ममा तयार पारेको हो । यु–गो स्कुटर २ भर्सनमा प्रस्तुत गरिएको छ। जसमा छुट्टाछुट्टै ब्याट्री समावेश गरिएको छ।
ब्याट्री प्याक
कम्पनीले पहिलो भर्सन स्कुटरमा १.२ केडब्ल्यु कन्टिन्युअस हब मोटर समावेश गरिएको छ, जसले १.८ केडब्ल्युको पावर आउटपुट दिन्छ । सो इलेक्ट्रिक स्कुटरको टप स्पिड ५३ किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले दोस्रो भर्सनमा ८०० डब्ल्यु कन्टिन्युअस मोटर हब समावेश गरेको छ । जसको आउटपुट १.२ केडब्ल्यु रहेको छ । यसको टप स्पिड ४३ किलोमिटर रहेको छ।
रेन्ज
होन्डाले सो दुबै इलेक्ट्रिक स्कुटरमा ४८ भोल्ट र ३० एएचको सजिलै निकाल्न सकिने लिथियम आयोन ब्याट्री जडान गरिएको छ । जसले ६५ किलोमिटरको रेन्ज प्रदान गर्छ। सो इलेक्ट्रिक स्कुटरमा अतिरिक्त ब्याट्री जडान गरी १३० किलोमिटरको दुरी तय गर्न सकिने कम्पनीले जानकारी दिइएको छ।
फिचर
सो स्कुटरमा कम्पनीले एलसीडी स्क्रिन समावेश गरेको छ । जसमा स्पिड, डिस्टेन्स, चार्ज, राइडिङ मोड जस्ता फिचरको जानकारी हेर्न सकिन्छ । साथै स्कुटरमा एलईडी हेडलाइटको साथै ट्रिपल बिम फ्रन्ट एप्रोचको साथमा उपलब्ध गराएको छ। सो इलेक्ट्रिक स्कुटरको फ्रन्टमा १२ इन्च र रियरमा १० इन्चको अलोय ह्विल समावेश गरिएको छ।
यसको सिटको मुनि २६ लिटरको बुट स्पेस रहेको छ । कम्पनीले सो स्कुटर १ हजार १५० डलरमा लन्च गरेको हो । हाल कम्पनीले सो स्कुटर चीनमा मात्र लन्च गरेको छ । भविष्यमा उक्त स्कुुटर भारत लगायत नेपालमा पनि लन्च गर्ने सम्भावना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
