काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा अमेरिकी डलरसहित प्रायः सबै देशको विनिमयदर स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ।
यूरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २२ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २० पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३९५ रुपैयाँ ८७ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ५२ पैसा रहेको छ।
कुन देशको मुद्राको दर कति ?

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
