आज कास्कीमा बढे कोरोना संक्रमित, प्रदेशमा घटे, ५ को ज्यान गयो

पोखरा । आज (शनिबार) कास्की जिल्लामा कोरोना संक्रमित बढेकाछन् । जिल्लामा संक्रमित बढेपनि गण्डकी प्रदेशमा भने कोारोना संक्रमित घटेका छन् ।

हिजो (शुक्रबार) कास्कीमा १६६ जनामा १६६ जनामा संक्रमण देखिएको थियो । तर आज भने संक्रमितको संख्या बढेको छ। आज कास्कीमा १८३ जना संक्रमित थपिएका छन् ।

Advertisement

यस्तै, आज गण्डकी प्रदेशमा ५७३ जना कोरोना संक्रमित थपिएका छन् । हिजो भने गण्डकीमा ७०१ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै, आज गण्डकीका जिल्लागत संक्रमण हुनेमा नवलपुरमा ६४, स्याङ्जामा १४, बागलुङमा ५४, तनहुँमा ९६, लमजुङमा २७, गोरखामा १०९, म्याग्दीमा २४ र पर्वतमा २ जना संक्रमित भएका छन् ।

संक्रमित मध्य प्रदेशमा आज मात्रै ५ जनाको ज्यान गएको छ भन ५३८ जना निको भएर घर फर्किएका छन् । यो सँगै गण्डकी प्रदेशमा मात्रै मृत्यु हुनेको संख्या १ हजार १२८ जना पुगेको छ । संक्रमित मध्ये हालसम्म ६४ हजार ५३९ जना निको भएका छन् ।

More News last news
Loading...