काठमाडौँ । बजाजले डोमिनार २५० लाई ड्युअल टोन एडिसनसहित भारतीय बजारमा लन्च गरेको छ। यसको मूल्य १ लाख ५४ हजार भारु तोकिएको छ। यसमा नयाँ डाइनामिक कलर अप्सनको धेरै रेन्ज उपलब्ध हुनेछ।
सो बाइकमा अब रेसिङ रेडका साथ मेट सिल्भर, साइट्रस रसका साथ मेट सिल्भर र स्पार्कलिङ ब्ल्याकका साथ मेट सिल्भर जस्ता कलर अप्सन उपलब्ध हुनेछ।
कम्पनीले यो बाइकलाई फ्रेस लुक दिने प्रयास गरेको छ। कलर अप्सनका अलावा यो बाइकमा अन्य परिवर्तन भने खासै गरिएको छैन।
बजाज डोमिनार २५० मा बीएस ६ मापदण्डयुक्त २४८.७७ सीसीको सिंगल सिलिन्डर फोर स्ट्रोक, डीओएचसी, फोर भल्व, लिक्विडकुल्ड, ट्विन स्पार्क, एफआई इन्जिन दिइएको छ, जसले २७ पीएस पावर र २३.५ एनएम टर्क जेनेरेट गर्छ। यसको इन्जिनमा ६ स्पिड गियरबक्स छ।
भारतमा लगातार रुपमा बजाजले आफ्नो मोटरसाइकलको मूल्यमा वृद्धि गरिरहेको समयमा पछिल्लो समयमा भने १६ हजार ८ सय भारु घटाएको थियो।
यद्यपि नेपालमा भने यसको मूल्य लगातार रुपमा बढिरहेको छ। आगामी दिनमा ड्युअल टोन सहितको डोमिनार २५० नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
