कास्कीमा १४८ सहित गण्डकीमा थपिए ५०० संक्रमित, काठमाडौँमा दोब्बर बढी

पोखरा । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीमा ८१ जना पुरुष तथा ६७ जना महिला गरी १४८ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ११५ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ।

Advertisement

कास्कीका १४८ सहित म्याग्दीका १ जना, पर्वतका ७१ जना, गोरखाका ४३ जना, लमजुङका १६ जना, तनहुँका ५३ जना, बाग्लुङका १६ जना, स्याङ्जाका ६७ जना र नवलपुरका ८५ जना गरी प्रदेशका ९ जिल्लामा २६९ पुरुष तथा २३१ जना महिलामा कोरोना पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ६५१ पुगेको छ। पछिल्लो २४ घण्टामा १५६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ८५६ पुगेको छ। गण्डकीमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १०९ पुगेको छ।

काठमाडौँ उपत्यकामा १,२७९ संक्रमित

केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्या मंगलबार (हिजो) को भन्दा बढी हो। मंगलबार काठमाडौँ उपत्यकामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ९०८ जना, भक्तपुरमा २०६ जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन्। योसहित देशभरी कोरोना संक्रमितको संख्या ४ हजार १०७ थपिएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...