मेक्सिकोलाई हराउँदै ब्राजिल फाइनलमा

एजेन्सी । ब्राजिलको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै ब्राजिल स्वर्ण नजिक पुगेको हो।

Advertisement

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो। पेनाल्टीमा ब्राजिलले बाजी मार्यो। पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली, ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे।

मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन्।

ब्राजिलले अब स्वर्ण पदकको लागि जापान र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

More News last news
Loading...